चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४.८९ प्रतिशतले बढेको छ । बैंक वित्तीय संस्थाको खुद नाफा गत असोजको तुलनामा कात्तिकमा ६ अर्ब ८६ करोड रुपैयाँले बढेर २६ अर्ब ५५ करोड ६० लाख पुगेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्ममा बैंक वित्तीय संस्थाले १९ अर्ब ६८ करोड ८० लाख…