सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’ पीडितहरू भन्छन्,‘अब न्याय चाहियो’

काठमाडौँमा ३२ वर्ष चलाएको हुँदाखाँदाको व्यापार बन्द गरेर आफ्नै घर महोत्तरी फर्किएका जलाल शेखलाई २०७२ सालको महाभूकम्पभन्दा बढी मधेसको मिटरब्याजले तहसनहस बनायो । भूकम्पपछि २०७३ सालमा रन्थनिँदै यहाँ फर्किनुभएका गौशाला नगरपालिका–५ निवासी शेखले समस्याबाट उम्किन लिएको ऋणले झन् समस्यामा पारेको बताए।    उनले चार/पाँच वर्षको अवधिमा साँवाब्याजसहित ७५ लाख ऋणको एक करोड ३६ लाख नगद…