उपभोगमा खर्च भइरहेको रेमिट्यान्स ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका हुन । ‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी…