उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफलका जग्गा प्लटिङ गर्न नपाइने

सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्ने बित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न पाइनेछैन । विशेष गरी जग्गा…