सरकारले संसद्मा प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले पुनः संसद्को ध्यानाकर्षण गराएको छ । उक्त विधेयक यथावत् पारित भए भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले प्रोत्साहन पाई मुलुकलाई असफल बनाउन सक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइएको टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा उल्लेख…