पछिल्लो समय विदेशिने महिला कामदारको संख्या पनि उच्च रुपमा बढ्दै गएको देखिएको छ । केही वर्ष पहिलेसम्म कामको खोजीमा विदेशीनेमा अधिकांश पुरुषहरु रहने गरेकोमा पछिल्लो समय भने महिलाहरुको पनि कामको खोजीमा नै बाहिरिने क्रम बढेको हो । कामको खोजीमा बाहिरिने कुल नेपालीहरुमध्ये पछिल्लो पाँच वर्षको सरकारी तथ्यांक हेर्दा विदेशिने महिलाहरुको संख्या ३.५ गुणाले बढेका हुन्…