तालिमपछि उद्यमी बन्दै चौकोटका महिला

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटका सोनल देउजा केसी अचेल ढाका र मखमलको कपडाका चप्पल र जुत्ता बुनेर तयारी गर्ने काममा व्यस्त रहेका छन् । अचेल ग्राहकको मागअनुसार थरिथरिका चप्पल र जुत्ता तयार गर्दै बिक्री गर्नु उनको दैनिकी बनेको छ । सोही ठाउँका अस्मिता श्रेष्ठ जुत्तामा प्रयोग गर्ने फित्तामा विभिन्न थरिका बुट्टा भर्ने काममा व्यस्त रहेकी छिन्…