पछिल्लो समय आरन व्यवसायमा युवा पुस्ताको आकर्षण घट्दै गएपछि कञ्चनपुरमा आरन पेसा लोप हुँदै गएको छ । युवा पुस्ताले आरन चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका हुन् । आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको भीमदत्त…