विदेशबाट फर्किएका भन्छन् : ‘स्वदेशमै केही गर्न चाहन्छौँ, सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ’

विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् । भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष…