कोरोना भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक सङ्गठन युनिट्राभले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण देखाउँदै श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण…