श्रम शोषण रोक्न कतार असफल भएको एमनेस्टीको निष्कर्ष

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ। सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो। एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले बिनातलब काम गरिरहेको जनाएको छ। कामदारहरूको हितका लागि सघाउन भनेर स्थापना गरिएको नयाँ संयन्त्रले समेत उनीहरूको…