आठ महीनामा २६ अर्ब १६ करोड निर्जीवन बीमा शुल्क संकलन, ९ ओटाले बढाउँदा ५ को घट्यो

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको आठ महीना अवधिमा २६ अर्ब १६ करोड ५० लाख ७३ हजार कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीले २५ अर्ब ८७ करोड ३३ लाख ५९ हजार कूल बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमाशुल्क संकलन १.१३…