कोरोना बीमा गर्ने ३५ हजार भन्दा बढी बीमितले कोरोना बीमाको दाबी भुक्तानी रकम पाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ १० गते मंगलबारसम्म ३५ हजार ४ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३० हजार २७० जना बीमितलाई तीन अर्ब ३८ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको…