साउनमा चार अर्बको निर्जीवन बीमा व्यवसाय, ११ प्रतिशत घट्यो

चालु आर्थिक वर्षको पहिलो महीना अर्थात साउनमा चार अर्ब रुपैयाँ बराबरको निर्जीवन बीमा व्यवसाय भएको छ । अघिल्लो आवको सोही अवधिको तुलानामा साउनमा ११.०९ प्रतिशतले व्यवसाय खुम्चिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ९८ करोड ५८ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।…