लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा साउन १७ गते

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते बुधबार वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौंमा २० औं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेको कम्पनीले सामान्य प्रस्तावहरु राखेर सभा बोलाएको छ ।…