हिमालयन लाइफ इन्स्योरेन्सको १६ औं वार्षिक साधारण सभा आगामी माघ १८ गते बस्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सोही बैठकले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ । सभाले संस्थापक…