रिलायबल नेपालको आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भदौ ३१ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड कित्ता सेयर सूचीकृत भएसँगै आइतबारदेखि कारोबार खुला हुने भएको हो । कम्पनीको साधारण सेयर भदौ २६ गतेको निर्णयानुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५…