लागू भयो बीमा ऐन, बीमा समिति थप अधिकार सहित प्राधिकरणमा रुपान्तरण

बीमा ऐन, २०७९ आज अर्थात मंगलबार देखि लागू भएको छ । बीमा ऐन लागूसँगै बीमा समिति 'नेपाल बीमा प्राधिकरण'मा परिणत भएको हो । नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकाय हो । ऐन अनुसार प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्नेछ । ऐनले नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ…