शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दाबी भुक्तानी

शिखर इन्स्योरेन्स कम्पनीका मौसम सूचकाङ्कमा आधारित बीमालेखले स्थानीयमा निकै लोकप्रियता हासिल गरेको छ । कम्पनीले उक्त बीमामा बीमाशुल्क भन्दा तेब्बरसम्म दाबी भुक्तानी गर्ने गरेको जनाएको छ । कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट संचालन गर्दै आएको छ । कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान…