स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

बीमा समितिले सञ्चालित सबै ४१ बीमा कम्पनीहरुलाई सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर सेवा प्रदान गर्न निर्देशन दिएको छ । कोभिड संक्रमणको तेस्रो भेरियन्ट ओमिक्रोनको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले उक्त निर्देशन दिएको हो । जसअनुसार बीमा कम्पनीका कर्मचारी तथा सेवाग्राहीहरुबीच भौतिक दूरी कायम गरी सेवा प्रदान…