सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले यहि कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुई कम्पनीलाई बीमा समितिले मर्जरका लागि असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज…