बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाइ दश हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण जरिवाना गर्ने निर्णय गरेको समितले जनाएको छ । समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को…