श्रृजनशील लघुवित्तको आईपीओमा १८ लाख बढीको हात खाली

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रराम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा  १८ लाख १ हजार ८९२ आवेदकको हात खाली भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सोमबार बिहान धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका हुन् । आईपीओमा कुल १८…