निगमको ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ पुनः आइसागो सर्टिफाइड

अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा 'ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ दिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने जनाएको छ । आइसागो अडिटबाट पुनः सर्टिफाइड भएपछि निगमले आज विज्ञप्ति निकालेर ग्राउण्ड हयाण्डलिङ सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको हो । हरेक दुई–दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र…