युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका…