बालेनको एक्सनपछि मेरियट होटलले बुझायो साढे १९ लाख मनोरञ्जन कर

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एक्सनपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले मनोरञ्जन कर बुझाएको छ । महानगरका राजस्व विभागका अनुसार उक्त क्यासिनोले १९ लाख ३७ हजार रुपैयाँ बराबरको कर महानगरलाई बुझाएको हो । काठमाण्डौं महानगरपालिकाले भदौ १९ गते आइतबार आफ्नो क्षेत्रमा पर्ने स्टार होटलका ७ क्यासिनोहरूलाई ७ दिनभित्र मनोरञ्जन कर बुझाउन ताकेता गरेका गरेको थियो ।…