नेप्से लगातार पाँच दिनमा ११४ अंकले घटेपछि छैटौं दिनमा बढ्यो ५५ अंक, केले बढायाे बजार ?

सेयर बजार सूचक मापक नेप्से लागातार पाँच कारोबार दिनमा ११४ अंकले घटेपछि छैटौं कारोबार दिनमा ५५.८८ अंकले बढेको छ । नेपाल बैंकर्स संघले भदौ महिनाका लागि ब्याजद नबढाउने निर्णय गरेसँगै सोमबार सेयर बजारमा सकारात्मक माहोल फर्किएको हो । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचक बढेका छन् । पछिल्ला २ साता सेयर बजार तल झरेकाले पनि…