नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी…