ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन । 'हिमालय हाइड्रो एक्स्पो-२०२२' को समापन समारोहमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाह (आरओआर) मा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्ने बताइन । “निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गरेको अवस्था छैन”, उनले भनिन, “नदी प्रवाहमा आधारित…