नेपाल वेयरहाउजिङ कम्पनीको खाद्यान्न भण्डारण गृहको व्यवसायिक सञ्चालन, १४ करोडको आइपीओ ल्याउने

नेपाल वेयरहाउजिङ कम्पनीले सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक सुरुवात गरेको छ । कम्पनीले पर्सा र कपिलवस्तुमा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु हो । साइलो प्रविधिमा आधारित खाद्यान्न…