नेपाल उद्योग वाणिज्य महासंघले राजस्व वृद्धिका लागि दर्ता भएका करदतालाई मात्र थपकरको भार सृजना गर्नु भन्दा राजस्वको दायरा विस्तारमा निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । महासंघका पदाधिकारीहरु र राजस्व अनुसन्धान विभागका महानिर्देशक बीच सोमबार महासंघ सचिवालयमा भएको छलफल कार्यक्रममा राजस्व अनुसन्धान विभागले राजस्वको दायरा विस्तारमा अध्ययन र अनुसन्धानमा विशेष सहयोग गर्नुपर्ने सुझाव…