उद्योग विस्तारका लागि निजी क्षेत्रलाई चाहिएजति विद्युत उपलब्ध गराउँछौं : ऊर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन । उनले भनीन्, “आफ्ना उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्नुहोला, मेरो पहिलो अपिल यही हुन्छ ।” ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा…