आइसिएफसि फाइनान्स (ICFC) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्स संचालक समितिको आइतबार सम्पन्न २७१ औं बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये फाइनान्सले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।…