रेमिट्यान्स आप्रवाहमा सुधार, असोज महिनामा मात्रै भित्रियो ९३ अर्ब रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोज महिनामा ९३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.६ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिना अर्थात असोज मसान्तसम्ममा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । दसैं तथा तिहार लगायतका चाडपर्वहरु…