महालेखापरीक्षकको कार्यालयले मालपोत कार्यलमा सुरक्षाको व्यवस्था कमजोर रहेको औल्याएको छ । महालेखाले मालपोत कार्यालयको सर्भर कोठामा अनाधिकृत तथा आधिकारीक व्यक्तिको आवश्यकता भन्दा वढी पहुँच हुने हुँदा तथ्याङक फेरबदल हुन सक्ने जोखिम रहेको जनाएको हो ।महालेखाको प्रतिवेदन अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली र सो सम्बन्धित भौतिक पूर्वाधार र जडानमा अनाधिकृत पहुँच नियन्त्रण हुनु पर्ने औल्याएको छ…