अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उप(महानगरपालिका-१३ नं. वडा कार्यालयका सहयोगी दिलिप कुमार पंजियारलाई २४ हजार घुस सहित नियन्त्रणमा लिएको छ । नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले निज पंजियारलाई नियन्त्रणमा लिएको हो । पंजियारले सेवाग्राहीबाट २४ हजार घुस रकम लिइसकेको अवस्थामा…