हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, “विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै…