कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाब रोक्ने गरी डाइभर्सनका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको रिटमाथि सुनुवाई गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले उक्त आदेश दिएका हुन् । प्रधानन्यायाधीश जबराको एकल इजलासले कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको…