इटाली पठाइदिने प्रलोभनमा साढे ३१ लाख ठगी

नेपाल प्रहरीले वर्किङ भिषामा इटाली तथा यूरोपियन मुलुक पठाइदिन्छु भन्दै लाखौ र करौडौ रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ का ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । रेग्मीले रामेछापको उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली…