कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिए । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४०…