सर्वोच्च अदालतले अधिवक्ता रविन बोहजुले नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतबार रिटमाथि सुनुवाई गर्दै अधिवक्ता बोहजुले अन्तरिम आदेश माग गरेपनि बोर्डमा दर्ता रहेका कम्पनीको आर्थिक अवस्था सर्वसाधारणको जानकारीका…