तरकारी व्यापारीले खरिद-बिक्री बिल जारी नगर्दा मनपरी मूल्य

व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् । काठमाडौँ महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली विकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । ठूला व्यापारीले खरिद र बिक्री बिल जारी नगर्दा मूल्य निर्धारणमा मनपरी भएको…