रुरु जलविद्युत परियोजनाको शेयरमूल्य बढेर मंगलबार एक हजार रुपैयाँभन्दा माथि पुगेको छ । बैशाख २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको शेयर १२ औं कारोबार दिनसम्म निरन्तर बढेर १ हजार ६४ रुपैयाँ पुगेको हो । यसबीचमा कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लागेर बढिरहेको छ । बैशाख २० गते पहिलो दिन प्रतिकित्ता ३५६ मा…