वैदेशिक रोजगारीमा गएकाहरुको आरक्षित आईपिओमा आवेदन दिने लहर बढ्दै

काठमाडौँ । प्राथमिक सेयर निष्काशनमा वैदेशिक रोजगारीमा गएकाहरुलाई आरक्षणको व्यवस्था गरेसँगै क्रमिक रुपमा बैदेशिक रोजगारीमा जानेहरुको सहभागिता बढ्न थालेको छ । २०७९ मंसिर १४ गते पहिलो पटक कालिन्चोक दर्शन लिमिटेडले बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई १ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्दा आवेदन दिनेहरुको संख्या न्युन थियो । प्रकृया मिलाउनुपर्ने, बैंक खातालाई रेमिट्यान्स खातामा रुपान्तरण…