२८ आर्थिक वर्षको साधारण सभा एकैपटक गर्दै एक सरकारी कम्पनी, आईपिओ जारी गर्ने तयारीमा

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीसीसीएल) ले २८ आर्थिक वर्षको साधारण सभा एक साथ आह्वान गरेको छ । कम्पनीले साउन १७ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालय कोटेश्वरमा बिहान ११ बजे साधारण सभा राखेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष ०४७/०४८ देखि आर्थिक वर्ष ०७५/०७६ सम्मको संचालक समितिको प्रतिवेदन माथि छलफल…