नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरत प्रसाद राई रहेको प्रहरीले जनाएको छ । ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि…