स्रोत नखुलेको साढे २४ लाख नगद सहित विमानस्थलबाट एक पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ नगद सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका बस्नेतलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा…