शेयर बजार परिसूचक मापक नेप्सेमा आइतबार ३६ अंकको करेक्शन आएको छ । लगातार बढेर २७३५ अंकमा आइतबार खुलेको बजार परिसूचक प्रि-ओपनिङ्गमा २४.५१ अंकले बढेर २७५९.९० बिन्दुमा पुगेको थियो । नियमित कारोबारको सुरुवातदेखि नै दबाबामा रहेको नेप्से ११ बजेर ३४ औं मिनेटमा सम्हालिन खोजेपनि २० मिनेटमान नै पुनः उच्च बिक्री चाप आएपछि तल झरेको थियो ।…