एघार महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०७९\८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ…