ग्रामीण सडकमा सधैँको सास्ती, दैनिक उपभोग्य सामान बोकेरै उपभोग

बागलुङ । बागलुङ जिल्लाकै सबैभन्दा विकट गाउँ नर्जाखानी तीन महिनादेखि सिधा सडक सञ्जालसँग टुटेको छ । दसैँ नजिकिएसँगै सहर बजार र विदेश गएका आफन्त गाउँ फर्किन थाले । उनीहरुले लिएर आएको कोसेली पनि घरमा सजिलै पुग्न पाएका छनैन् । स्थानीय घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । खोलामा गाडी नतर्ने र पहिरोले पुरिएको सडकमा…